युएई भ्रमण सकेर फर्किए प्रचण्ड

२०७६ साउन १९ गते

साउन १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) को पाँच दिने पारिवारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
पारिवारिक भ्रमणका सिलसिलामा साउन १४ गते मंगलबार छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका अध्यक्ष दाहाल शनिबार राति साढे १२ बजे स्वदेश फर्किएका हुन् ।
null
प्रचण्डलाई लिन उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र पूर्वसभामुख ओनसरी घर्ती मगर विमानस्थल पुगेका थिए।

२०७६ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित