अध्यन भन्छ सक्रिय रहनेहरु भन्दा अल्छी व्यक्तिहरु धेरै बुद्धिमान्

भाद्र १, काठमाडौं । सामान्यतया अल्छी व्यक्तिहरुलाई परिवारले मात्रै होईन समाजले पनी राम्रो मान्दैन् । तर अमेरिकी अनुसन्धानकर्ताहरूले अचम्मको कुरो पत्ता लगाएको दाबी गरेका छन् । उनीहरुका अनुसार अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा बढी चलाख हुन सक्छन् । 

सर्तचाहिँ के छ भने, त्यस्ता अल्छी व्यक्तिहरू बढी समय चिन्तन गर्नेचाहिँ हुनुपर्छ । जर्नल अफ हेल्थ साइकोलजीमा प्रकाशित अध्ययन अनुसार सक्रिय व्यक्तिलाई आफ्नो मस्तिष्क सदैव ‘फ्रेस’ राख्नका लागि बढी सक्रियताको आवश्यकता पर्छ । 

यस्ता व्यक्ति बोर हुनबाट बच्नसमेत शारीरिक रूपमा बढी सक्रिय रहन्छन् । उच्च आईक्यू भएका व्यक्ति छिट्टै थाक्दैनन् । यसै कारण उनीहरू बढी समयसम्म चिन्तनमा व्यस्त रहन्छन् । अनुसन्धाताहरूले अध्ययन अन्तर्गत ३० जना विचारक र गैरविचारकलाई भेला पारे, तिनलाई दुइटा समूहमा बाँडे अनि सबैका हातहातमा एउटा यन्त्र लगाइदिए, जसका माध्यमले सक्रियताको स्तर निगरानी गरे । 

Image result for अल्छी

निचोडमा के देखियो भने, गैरविचारकको दाँजोमा विचार गर्ने समूह कम सक्रिय रहे । उसो त अनुसन्धाताहरूले के पनि भनेका छन् भने, कम सक्रिय व्यक्ति जतिसुकै विद्धान भए पनि आफ्नो स्वास्थ्यका लागि उनीहरूले सक्रियताको स्तर नबढाई हुन्न । एउटा सत्य के पनी हो भने हामीले शाररीक परिश्रम गर्नुको सट्टा मानसिक रुपमा चिन्तन गर्न थाल्यो भने हाम्रो दिमाग धेरै सक्रिय हुनसक्छ । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *