रेसलर जोन सिनाले शिल्पा सेट्टीको फोटो पोष्ट किन पाेष्ट गरे ?

 

असार २९ ।  रेसलर जोन सिना सोसल मिडियामा अनौठा सामग्री पस्किनका लागि चर्चित छन् । उनले विभिन्न समयमा शाहरुख खानदेखि विराट कोहलीसम्मका भनाई कुनै सन्दर्भ बिना नै सेयर गरेका छन् । यसपटक पनि उनले भारतीय नायिका शिल्पा शेट्टीको तस्बिर पोष्ट गरेका छन्, तर यसमार्फत् उनले के भन्न खोजेका हुन्, त्यो कसैले बुझ्न सकेका छैनन् । 

  

null

पछिल्लो पोष्टमा जोन सिनाले शिल्पा शेट्टीको अनुहार स्टोन कोल्ड भनेर चिनिने अमेरिकी रेसलर स्टिभन एन्डरसनको जीउमा लगेर टाँसिदिएका छन् । उक्त तस्बिरमा उनले लेखेका छन्, ‘स्टोन कोल्ड शिल्पा शेट्टी कुन्द्रा’ । 

यो पोष्टमार्फत् उनले के भन्न खोजेका हुन् भनेर सबैजना चकित परेका छन् । कतिले उनको अकाउन्ट ह्याक भएको हो कि भनेर अनुमान गरेका छन् । तर यसबारे कुनै जानकारी उपलब्ध छैन । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *