डाक्टरले श्रीमती र दुई सन्तानको हत्या गरेपछी आत्महत्या गर्नुकाे रहस्य खुल्यो
२०७६ असार १७ गते

असार १७, भारत । सोमबार बिहान एक डाक्टरले धारिलो हतियार प्रहार गरी श्रीमती, आफनो दुई सन्तानको हत्या गरी आफूले आत्महत्या गर्नुका को रहस्य खुलेको छ ।
विभिन्न भारतीय मिडियाका अनुसार घटना स्थलमा प्रहरीले एक सुसाइड नोट फेला पारेका छन् जसमा भारतको एक फार्मा कम्पनीमा काम गर्ने डाक्टर प्रकाश सिंहले आफूले परिवारलाई राम्रोसँग चलाउन नसकेको कारण हत्या पछी आफूले आत्महत्या गरेको उल्लेख गरिएको छ ।
null
भारतीय पुलिस अधिकारी सिलोचना गजराजले फ्ल्याटबाट श्रीमान्–श्रीमती र दुई सन्तानको शव भेटिएको पुष्टि गरेका हुन् ।
उनले भने, ‘सुरुवाती अनुसन्धान गर्दा प्रकाशले सुरुमा श्रीमती कोमल र त्यसपछि दुई सन्तानको हत्या गरेको खुल्न आएको छ । त्यसपछि उनले झुण्डिएर आत्महत्या गरेको देखिएको छ ।’
२०७६ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








