नयाँ ‘पार्टनर’ मा किन खोजिन्छ ‘एक्स’ को गुण ?

 

आफ्नो सम्बन्ध बिच्छेद (ब्रेकअप) भएपछि अधिकांशले भनेको सुनिन्छ– ऊ मेरो योग्य थिएन । उसको र मेरो बानी व्यहोरा मिल्दैनथ्यो । या फेरि कसैका साथ एक–दुई पटक ‘डेट’ गएपछि मानिसहरु भन्छन्– ऊ म जस्तो–जस्ति थिएन । 

सम्बन्धको यो नयाँ युगमा ‘म जस्तो’ साथीको खोजी अन्तहीन छ । तर, के कसैले दुनियाँमा ‘म जस्तो’ कुनै वस्तु छ कि छैन भनेर कसैले जान्ने प्रयास गरेको छ ? 

null

हालैको अनुसन्धानबाट उमेरको फरक, शिक्षा, कपालको रंग र लम्बाई हेरेर आप्mनो साथी चुनिने गरेको देखिएको छ । तर, युवाले आफ्नो मिजासका हिसाबले विशेष प्रकारको पार्टनर खोज्ने गरेको कुनै प्रमाण भने मिलेको छैन । पछिल्ला दिनमा गरिएका अनुसन्धानले आफूअनुसारको पार्टनर खोजिरहेको छ भने उसले आफूलाई एक पटक ऐनामा हेर्न आवश्यक रहेको देखाएको छ । 

यो अनुसन्धान जर्मनीमा १२ हजारभन्दा बढी मानिसहरुमा झण्डै नौ वर्षसम्म गरिएको थियो । अनुसन्धानमा खुला मिजासका नयाँ नयाँ प्रयोग गर्न चाहने, सहजै अरुको कुरामा सहमत हुन सक्ने इमान्दार व्यक्तिलाई मात्रै सहभागी गराइएको थियो । 

अनुसन्धान टोलीले ती व्यक्तिहरुको ‘रोमान्टिक’ सम्बन्धलाई नौ वर्षसम्म नजिकबाट नियालेको थियो । उनीहरुलाई अनुसन्धानमा आफ्ना–आफ्ना ‘पार्टनर’ लाई पनि सहभागी गराउन भनिएको थियो । 

नौ वर्षपछि केवल तीन सय ३२ जनामात्रै बचेका थिए । जो कम्तिमा पनि दुई ‘रोमान्टिक’ सम्बन्धमा थिए । सर्वेक्षणमा उनीहरुले वर्तमानको सम्बन्धमा रहेको ‘पार्टनर’को बानी व्यहोरा, खुबी पुरानो ‘पार्टनर’ सँग मिल्दोजुल्दो रहेको बताए । 

यसको मतलब सर्वेक्षणमा सहभागीहरुले आफ्नो साथीका विषयमा अपेक्षा परिवर्तन भएको स्वीकार गरे पनि वास्तवमा उनीहरु ‘पार्टनर’ मा केही खास गुण खोजिरहेका थिए । उनीहरुले ती गुण आफ्नो–आफ्नो पहिलो ‘पार्टनर’ मा पनि पाए भने दोस्रोमा पनि । त्यसैले त उनीहरु सम्बन्धमा जोडिन पुगे । 

यो कुरा मान्नुस् वा नमान्नुस् तर, तपाईं कुनै ‘पार्टनर’ को खोजीमा हुनुहुन्छ भने नयाँ ‘पार्टनर’ मा तपाईंले पुरानो ‘पार्टनर’ मा भएका गुणहरु खोजिरहनु भएको हुन्छ । जब त्यस्तै गुण भएको साथी भेटाउनुहुन्छ, अनि ऊसँग तपाईं सहजै जोडिनुहुन्छ । 

जर्मनीमा भएको एक रिसर्चमा उनीहरुमा न केवल साथीहरुको गुण एउटै थियो, पार्टनरमा । कयौँको त पार्टनर पनि उही थिए । यानिकी पुरानोवाला । 

आफ्नो रोमान्टिक साथीमा आफ्नो जस्तो गुण खोज्नु असामान्य कुरा होइन । हामी सबै आफ्नो आसपासका यस्तै मानिसहरुसँग जोडिएका हुन्छौँ, जोसँग विचार र आनीबानी मेल खान्छ । यस्तो सम्बन्धमा तपाईँलाई आफ्नो आनीबानी परिवर्तन गर्नु पर्दैन । 

हो, केही मानिसहरु जीवनमा नयाँ नयाँ प्रयोग गर्नका लागि अलग–अलग साथीहरुका साथ समय बिताएर स्वीकार्छन् । रिसर्चबाट यो पनि पत्ता लाग्यो कि बहिर्मुखी मानिसहरुलाई आफ्नै जस्तो खुबी भएका साथीहरुमा रोमान्टिक सम्बन्ध बनाउने सम्भावना निकै कम हुन्छ । 

आफ्नो पार्टनरको साथ धेरै समानता तपाईंको विकासको बाधक बन्न सक्छ । यदी तपाईँसँग जोडिनु भन्दा पहिले तपाईँको पार्टनरको कोही पुरानो सम्बन्ध रहेको छ भने तपाईँको लागि समस्या पनि आउन सक्छ । किनकी नयाँ साथीको गुण उसको पुरानो पार्टनरसँग मिल्न सक्छ, तब तपाईँका लागि चिन्ताको कुरा हो । 

यसको विपरीत यदि तपाईँको नयाँ साथीको गुण पुरानो पार्टनरसँग मिल्छ भने उसँग मजबुत सम्बन्ध कायम गर्न सहज हुन्छ । अब बढ्दो सम्बन्ध विच्छेदलाई लिएर ‘उनको टाइपको साथी मिलेन त्यसैले सम्बन्ध विच्छेद् भयो’ भनेर दोष दिन पाइँदैन । 

हुन त यस्तो रिसर्चको मतलब यो होइन कि तपाईँले आफ्नो सोलमेट खोजी गर्न छोड्नुपर्छ । जीवनसाथीको चुनावमा धेरै मुद्दाले असर पुर्याउन सक्छ । 

तर तपाईँको नयाँ रिलेशनशिप स्टाटस पहिलो जस्तो देखिन्छ भने यो हैरानीको कुरा होइन । 

स्टेनली गेंस–बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *