सलमानकाे यी नायिका विवाह पूर्वनै आमा बनिन्

  

 

असार १८, भारत ।  देव डी, साहेब बीबी और ग्याङ्गस्टर, दबंगजस्ता फिल्ममा आफ्नो बोल्ड अन्दाजबाट सबैको मन मस्तिष्कमा बस्न सफल माही गिल आजकाल चर्चामा छिन् । 

null

नायिकाले हालै आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् । यतिबेला उनले आफ्नो एक छोरी भएको र यसमा आफूलाई गर्व भएको बताइन् । नायिकाले आफू विवाहित नभएको तर विवाह गर्न चाहेको बताइन् । 

हालै भारतीय मिडिया नवभारत टाइम्सलाई दिएको अन्तरवार्तामा उनले यो वर्षको अगस्टमा आफ्नी छोरी तीन वर्ष पूरा हुने बताएकी छिन् । यो कुरा किन लुकाएर राखेको भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई यसबारे कसैले पनि सोधेनन्, त्यसैले मैले पनि कहिले बताइनँ । अहिले मानिसहरुले यसबारे सोधिरहेका छन् र मैले उत्तर दिइरहेकी छु । ’ 

यसका साथै उनले आफू सिंगल नभएको बताएकी छिन् । प्रेमीबारे जानकारी दिँदै उनले भनिन्, ‘उनी गोवामा व्यापार गर्छन् । त्यसकारण म धेरैजसो गोवा आवतजावत गरिरहन्छु । 

उनकी छोरी मुम्बईमा उनीसँगै बस्ने र छोरीको हेरविचार उनकी काकीले गर्ने गरेको बताइन् । विवाहको योजनाबारे प्रश्न सोध्दा उनले भनिन्, ‘विवाह किन गर्नै गर्यो र । सबैकुरा तपाईंको सोच र समयमा निर्भर हुन्छ ।’ 

‘परिवार र बच्चा विवाह नगरीकनै बन्न सक्छन् । मलाई लाग्दैन कि यसमा कुनै समस्या छ । विवाह नगरी बच्चा जन्माउनुलाई साधारण रुपमा लिनुपर्छ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ कि सबैको आ–आफ्नै जीवन हुन्छ र हरेकको आफ्नै सिद्धान्त पनि छ । विवाह निकै सुन्दर छ तर विवाह गर्नु तपाईंको नीजि रोजाई हुनुपर्छ ।’ 

कामको कुरा गर्ने हो भने उनको फिल्म फ्यामिली अफ ठाकुरगञ्ज चाँडै नै रिलिज हुने तयारीमा छ । नायिका आजकाल यो फिल्मको प्रोमोशनमा निकै व्यस्त छिन् । यसबाहेक माही दबंग थ्रीमा पनि देखिनेछिन् । यो फिल्ममा उनीसँग अरबाज खान, सलमान खान र सोनाक्षी सिन्हाको मुख्य भूमिका हुनेछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *