हजारौँ देशका पैसा फल्ने अचम्मकाे रूख

 

असार ३० ।  तपाईले रुखमा फलफुल फलेको देख्नु भएकै छ । तर रुखमा पैसा फलेको भने पक्कै देख्नु भएको छैन । 

संसारमा यस्तो अनौठो रुख पनि छ जहाँ पैसा नै पैसा छन् । यस्तै पैसा रुखमा फल्दैन भन्ने कुराको अपवादको रुपमा रहेको रुख बेलायतको पीक जिल्लामा छ । यो रुख १७०० वर्ष पुरानो हो । यो रुखमा हजारौंको संख्यामा सिक्का गाडिएका छन् । यो रुखमा संसारका सबै देशका सिक्का गडेको छ । 

null

हजारौँ देशका सिक्का गाडिएको उक्त रुख निकै बहुमुल्य बन्दै गएको छ । खासमा यो रुखमा सिक्का गाड्दा सुखशान्ति आउने बिश्वास गरिन्छ । यसमा सिक्का खोप्दा मनोकामना पुरा हुने विश्वास छ । 

यो रुखमा दिनानुदिन सिक्का खोप्नेको संख्या बढ्दै गइरहेको छ । यो रुख वेल्स राज्यको पोर्टमोरियन गाउँमा छ । यो रुख चर्चित पर्यटकीय स्थल बनिसकेको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *