मनसुन कमजोर बन्दै, साना नदीमा एक्कासी बाढी आउन सक्ने

काठमाडौं, ९ साउन । आजदेखि पानी पर्ने क्रम विस्तारै कम हुँँदै जाने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर सरिरहेकोले मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यतया बदली भई देशका पूर्व र पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । 

 

बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ । पश्चिम तराई र पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । 

null

अबको केही दिन देशैभर सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । आज साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनकुटा, पर्सा, बारा, नवलपरासी, कैलाली, कञ्चनपुर, दाङलगायत आसपासका नदी तथा खोलामा बाढी आउन सक्छ । 

यस्तै, मेची, बिरिङ, निन्दा, लोहन्रा, चिसाङ, मावा–रतुवालगायत प्रदेश १ र २ को चुरेबाट बहने केही साना नदीमा एक्कासी बाढी आउने भएकाले नदी आसपासका स्थानीयले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *