नायिका ईशा गुप्तामाथी मानहानीको मुद्दा दर्ता

 

साउन ५,भारत ।  आफ्नो बोल्डनेसका लागि परिचित बलिउड अभिनेत्री ईशा गुप्ता आजकाल चर्चामा छिन् । बोल्ड तस्बिरका लागि निकै आलोचना खेपिसकेकी यी नायिका हालै नयाँ विवादमा फसिरहेको देख्न सकिन्छ । 

ईशा गुप्ता विरुद्ध एक व्यक्तिले मानहानीको मुद्दा दर्ता गरेका छन् । दिल्लीका एक व्यापारीले ईशालाई कानूनी प्रावधान अनुरुप सजाय दिनुपर्ने माग गरिरहेका छन् । अदालतमा अगस्ट २८ तारिखमा दुई पक्षको बयान दर्ता गरिनेछ र त्यसपछि सुनुवाई हुनेछ । व्यापरीले ईशाले लगाएको गलत र अपमानजनक आरोपका कारण उनको छवि धुमिल भएको बताएका छन् । मानिसहरुले आफ्नो क्यारेक्टरमाथि प्रश्न उठाइरहेका कारण आफूले मुद्दा दर्ता गर्नुपरेको उनले बताए । 

null

के हो मामला ? 

ईशाले जुलाई ६ मा विभिन्न ट्वीट गरेर दिल्लीको एक होटलमा बसेका बेला एक व्यापारीले आफूलाई घुरेर हेरिरहेको बताएकी थिइन् । ईशाले उक्त घटनालाई ‘आँखाले बलात्कार’ गरिरहेको जस्तो बताएकी थिइन् । 

उनले व्यापारीको तस्बिर पोष्ट गर्दै लेखेकी थिइन्, ‘यी व्यक्तिले आँखाले मेरो बलात्कार गरिरहेका थिए । मेरा सुरक्षाकर्मीलाई धन्यवाद जसले मलाई त्यतिबेला सहज हुन मद्दत गरे । के यी व्यक्तिलाई कसैले चिन्छ ? उनले मलाई न त छोएका छन् न केही भनेका छन् तर लगातार मलाई घुरिरहे, एक प्रशंसकको रुपमा नभई, न नै म नायिका भएका कारण, म एक महिला भएका कारण उनले यस्तो गरिरहेका थिए ।’ ईशा हालै रिलिज भएको फिल्म वन डेमा देखिएकी थिइन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *