३५ बालबालिका र ४० पुरुषमाथिको यौन हिंसा गर्ने प्रहरीकाे खाेरमा

 

असार २३, भारत ।  भारतको जयपुरमा सात वर्षे बालिकाको बलात्कार गरेको अभियोगमा पक्राउ परेका ३५ वर्षे पुरुषले आफूले ३५ अन्य बालबालिका र ४० पुरुष र समलिङ्गीको बलात्कार गरेको स्विकारेका छन् । 

सात वर्षे बालिकमाथि जयपुरको शास्त्रीनगरमा गत सोमबार बलात्कार भएको थियो । अनुसन्धानको क्रममा ती व्यक्तिले त्यही स्थानमा चार वर्षे बालिकामाथि पनि बलात्कार गरेको खुलासा भएको छ । 

null

उनलाई गत बिहिबार पक्राउ गरिएको हो । जयपुर सिटी कमिश्नर अफ पुलिस आनन्द श्रीवास्तवले ती व्यक्ति ‘यौन शिकारी’ भएको बताए । 

‘ती आरोपीले आफ्नो शिकारको दिनदिनै खोजी गर्थे । उनले ३५ बालबालिका र ४० पुरुष र समलिङ्गीलाईसमेत बलात्कार गरेको खुलासा गरेका छन् । उनी पुरुषप्रति बढी आकर्षित हुन्छन्,’ श्रीवास्तवमा भने । 

भारतीय मिडियाका अनुसार बालिकाको बलात्कारपछि घटनामा कसको संलग्नता छ भन्नेबारे कुनै सुराग भेट्न सकिएको थिएन । ‘सिसिटीभी फुटेजमा उनको फोटो राम्रोसँग देखिएको थिएन । एउटै मात्र सुराग के थियो भने उनले दुबै पटकको बलात्कारमा एउटै बाइक प्रयोग गरेका थिए,’ श्रीवास्तवले भने । 

उनले बालबालिकालाई अपहरण गर्न जुन मोटरसाइकल चलाउने गर्दथे त्यो चोरीको थियो जसको रजिस्ट्रेशन नम्बर प्लेट उनले परिवर्तन गराएका थिए । 

‘तीन दिनअघि शास्त्री नगर पुलिस स्टेशनका हेड कन्स्टेबल दिनेश यादवले जिभानु (आरोपी) लाई केही दिनअघि आफ्नो एरियामा भेटिएको बताए,’ पुलिस कमिश्नरले भने । 

उनीबारे यस्तो जानकारी पाएपछि उनको रेकर्ड हेरियो र पीडितद्वारा पुष्टि गरिएको फोटोसँग मिल्द मिल्दैन भनेर परीक्षण गरियो । यसरी उनलाई पक्राउ गर्न प्रहरी सफल भयो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *