राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोह राष्ट्रपतीको आलोचना

 

असार २९, काठमाडौँ । बेला मौकामा बिभिन्न आलोचना खेप्दै आईरहेकी राष्ट्रपती विद्यादेवी भण्डारी पुनः एकचोटी फेरी आलोचित बन्न पुगेकी छिन् । 

नायक सरोज खनालले शुक्रवार राष्ट्रपति भवनमा सम्पन्न गरिएकाे राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा ट्वाइलेटको कमोडमा बसेर प्रतिक्षा गर्नु परेको तस्बिर सार्वजनिक भएपछि उनी पुनः एकचोटी फेरी आलोचित बन्न पुगेकी हुन् । । 

null

राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर व्यवस्थापन र कलाकारहरूलाई अपमान गरेको भन्दै भण्डारीको आलोचना भएको छ । 

राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा चलचित्र विकास बोर्डले पुरानादेखि नयाँ कलाकारसम्मको नृत्य प्रस्तुति समेत देखाउने व्यवस्था गरेको थियो भने राष्ट्रपति भण्डारीको कार्यालयमा कलाकारलाई नाच्न लगाएकोमा विरोध समेत भएको छ । 

०७३, ०७४ र ०७५ साल गरी तीन वर्षको अवार्ड एकैचोटी प्रदान गरिएको उक्त समारोेहमा राष्ट्रपति भण्डारीलाई देखाउने नृत्यको पालो कुरेर बसेका नायक खनाल बस्ने ठाउँ नपाएपछि ट्वाइलेटको सिटमा बसेका उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछी उनी आलोचनाका पात्र बनेकी छिन् । 

फेसबुक स्टाटसमा नायक खनालले लेखेका छन्, ‘म तिम्रो विचारदेखि पूर्ण सहमत छु । नृत्य गुरुका कारण मैले नाई भन्न सकिनँ । तर त्यो ठाउँमा यो नै मेरो पहिलो र अन्तिम प्रस्तुति हो ।’ 

सो अवार्ड समारोहमा कलाकार खनालसँगै गौरी मल्ल, रमेश उप्रेती, दिपिल रायमाझी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, विमला केसी, छुल्ठिम गुरुङ लगायत कलाकारले नेतृत्य देखाएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *