यी घरेलु बिधीबाट यसरी अनुहार गोरो र चम्किलो बनाउनुहोस्

 

असार ३१ । अनुहार सुन्दर स्वास्थ्य, गोरो चम्किलो होस् भन्ने जो कोही पनि चाहन्छन् । यही अनुहारको लागि मानिसले धेरै मंहगो खर्चहरु गर्ने गर्देछ । आफ्नो अनुहार सुन्दर बनाउनको लागि मानिसहरु धेरै मंहगो-मंहगो कस्मेटिक सामानको प्रयोग गरि रहेका हुन्छन् भने आफू सुन्दर हुन धेरै मानिसहरु पार्लर समेत धाउने गर्दछन् । अझ कतीले अनुहार सुन्दर बनाउन अनुहारको सर्जरी समेत गर्ने गर्दछन् । 

तर आज हामी तपाईलार्ई घरेलु उपायबाट र कसरी  अनुहार गाेराे, सुन्दर र चम्किलो बनाउने बताउनेछौँ । ती घरेलु उपाय र कसरी बनाउने तल बताईएको छ । 

null

बनाउन आवश्यक सामाग्रीहरु१० कागती २० थोरै नुन ३० चामलको पिठो ४० महबनाउने बिधि– सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस्। त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस। 

– यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस्। यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ। 

– यसरी बनाईएको फेसप्याकलाई पुरै अनुहारमा दल्नुहोस। 

– अनुहारमा पुरै दलेपछी १५ मिनेट त्यसै छोड्नुहोस्। त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस। 

– अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस्। यसको परिणामस्वरूप तपाईको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ। 

– यो विधि लगातार केही दिनसम्म गर्नुभयो भने तपाईको अनुहार गोरो र चम्किलो हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *