यी नायकले हाेटलमा दुईवटा केरा खाएकाे यती मंहगाे बिल देखेपछी हाेस् नै उड्याे

 

साउन ८, भारत ।  हामीले विलासी होटलका मोटो बिलबारे त सुनेको वा भोगेका छौं होला । तर बलिउड नायक राहुल बोसमाथि जे भयो त्यो थाहा पाएपछि सबैजना चकित छन् । 

उनले एक पाँचतारे होटलमा दुईवटा केरा खाए । दुईवटा केराका लागि बिल थियो ४ सय ४२ भारु । 

null

राहुलले यसबारे ट्वीटरमार्फत् जानकारी दिए । राहुलले भिडियो सुट गरेर आफू तत्काल सुटिङका लागि चन्डीगढमा भएको र त्यहाँको जेडब्ल्यू म्यारियोट होटलमा बसेको बसेको जानकारी दिए । 

भिडियो पोष्ट गर्दै उनले लेखे, ‘यो विश्वास गर्नका लागि तपाईंले यो हेर्नुपर्छ । फलफूलले तपाईंको अस्तित्वमा क्षती पुर्याउँछ भनेर कसले भन्छ ? जेडब्ल्यू म्यारियोट चन्डिगढलाई सोध्नुहोस् । ’ 

भिडियोमा राहुलले आफू जिममा वर्कआउट गरिरहेको र यतिबेला उनले दुईवटा केरा अर्डर गरेका थिए । उनले अर्डर गरेको कुरा त कोठामा आइपुग्यो तर केरासँगै जुन बिल आयो त्यो हैरान गरिदिने किसिमको थियो । 

राहुलको यो भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । सोसल मिडिया प्रयोगकर्ताले विलासी होटलको मनपरी मूल्यमाथि प्रश्न उठाइरहेका छन् । सियाक्सकेप नामका एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘मलाई थाहा थिएन कि सेलिब्रिटी ट्याग यो मूल्यसहित आउँछ ।’ यस्तै, असिम यादवले लेखे, ‘यदि तपाईंले बनाना शेक मगाउनुभएको भए त यसको मूल्य नयाँ सार्वजनिक भएको आइफोनको मूल्य बराबर हुन्थ्यो ।’ 

वरुण अत्रीले लेखे, ‘प्रश्न यो छ कि के उनीहरुले अष्ट्रेलियाबाट केरा निर्यात गरेका थिए ।’ 

ऋषिकेशले लेखे, ‘तपाईंले यो भिडियो सेयर गरेर राम्रो गर्नुभयो । कम्तिमा हामीलाई यो थाहा भयो कि भविष्यमा हामी कहाँ नजाने ।’ एजेन्सी 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *