थप प्रहरीको टोली लिएर संखुवासभा पुग्याे सेनाको हेलिकप्टर
२०७६ असार १७ गते

असार १६, काठमाडौं । संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएपछि सुरक्षाका लागि थप टोली लिएर सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।
आज (सोमबार) बिहान सिलिचोङ गाउँपालिका–१ मा शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएर भागेका थिए ।
null
विप्लवले गोली चलाएपछि प्रहरीले जवाफ फायरिङ गरेको थियो । प्रहरीले थप भिडन्त हुन सक्ने भन्दै थप सुरक्षाकर्मी त्यसतर्फ पठाएको हाे ।
थप अनुसन्धानका लागि सहायक प्रहरी निरिक्षक उमेष थापाको कमाण्डमा १५ र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको कमाण्डमा १० जनाको टोली लिएर काठमाडौंबाट नेपाली सेनाको एमआई–१७ हेलिकप्टर दिउँसो त्यसतर्फ प्रस्थान गरेको हो ।
२०७६ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








