सलमान खानले गरे आमासँग रोमान्टिक डान्स

 

साउन ७, भारत ।  सलमान खान आजकाल सोसल मिडियामा निकै सक्रिय छिन् । 

उनी लगातार आफ्ना नयाँ भिडियो सेयर गरिरहन्छन् । सलमान खानले सोमबार एउटा भिडियो सेयर रगेका छन् जसमा उनी आमा सुशिला चरकसँग नाचिरहेको देख्न सकिन्छ । यो भिडियो सलमान खानको घरमा आयोजना भएको पार्टीमा खिचेको बताइन्छ । 

null

सलमान खानले भिडियो सेयर गर्दै लेखेका छन्, ‘आमाले यो नाचगान बन्द गर्न भनिरहनुभएको थियो ।’ वास्तवमा भिडियोको अन्त्यमा सलमान खानकी आमाले डान्स र रेकर्डिङ दुबै बन्द गर्न भनिरहेको देख्न सकिन्छ । सलमान खानका प्रशंसकलाई यो भिडियो निकै मन परिरहेको छ । भिडियो सेयर गरिएको १९ घण्टाभित्र यसलाई ३६ लाख बढी पटक हेरिसकिएको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *