धनगढी विस्फोटमा विप्लव समूहको संलग्नता पुष्टि, ज्यान गुमाउने नेकपाकै कार्यकर्ता

 

साउन ३, काठमाडौं । बिहीबार साँझ कैलालीको धनगढी बजारस्थित एक होटलमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । 

बिहीबार साँझ करिब साढे ७ बजेतिर धनगढी उपमहानगरपालिका–३ स्थित शहिद गेट नजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । 

null

घटनामा ज्यान गुमाएका रामबहादुर सिंह राजेश विप्लवकै कार्यकर्ता भएको विप्लव समूहद्वारा जारी विज्ञप्तिमा पुष्टि गरिएको छ । आत्मसुरक्षाका लागि विस्फोटक पदार्थ बोकेको जनाइएको छ । 

घटनामा आफ्नो पार्टीको संलग्नता स्वीकार गर्दै विप्लव नेकपाले विज्ञप्तिमा लेखेको छ, ‘हिजो साँझ घनगढी उपमहानगरपालिका सहिद गेट नजिकै पार्टी कामको सिलसलामा आत्म सुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा शाहदत प्राप्त गर्नुहुने रामबहादुर सिंह क राजेशलाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’ 

अन्य घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =