छवि–शिल्पाको बिग्रिएको सम्बन्धबारे ज्योतिः ‘मलाई त खुशी लाग्यो’

 

असार २८, काठमाडौं । सर्वाधिक लोकप्रिय गायिका एवम् मोडेल ज्योति मगरले निर्माता छविराज ओझा र शिल्पा पाखरेलको सम्बन्धमा आएको दरारबारे बोल्दै यसमा छविकै गल्ती भएको बताएकी छिन् । 

केही दिनअघि शिल्पाले आफूमाथि घरेलु हिंसा भएको, आफू असुरक्षित भएको भन्दै छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । महानगरीय प्रहरी परिसरमा छविले उनको सुरक्षामा आँच आउने कार्य नगर्ने भनेर लिखित सहमति समेत भएको थियो । शिल्पाले भने अब छविसँग आफू बस्न नसक्ने बताएकी थिइन् । छविले डिभोर्स नदिने भनेपछि उनी प्रहरी परिसरबाट रुँदै बाहिरिएकी थिइन् । 

null

 

गायिका ज्योतिले यसबारे सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया दिँदै शिल्पाको आँट देखेर आफूलाई खुशी लागेको बताइन् । 

‘उनीहरुबीच कसलाई के–के लाग्छ थाहा छैन । मलाई लाग्छ सिल्पा पोख्रेल घरेलु हिंसाको शिकार भएकी छिन् । एउटा छोरी मान्छे सानो तिनो कुरामा पुलिस चौकीसम्म धाउँदैन । त्यो पनि सेलिब्रटी ! मलाई त खुशी लाग्यो उहाँले चाल्नु भएको कदम । अर्को एउटा नारीको लागी हिम्मत हुनेछ’, उनले फेसबुकमा लेखेकी छिन् । 

 

उनले ‘नारी प्रधान चलचित्र बनाउने तर नारीमाथि नै हिंसा गर्ने ?’ भन्दै छविमाथि प्रश्न समेत तेर्साएकी छिन् । ‘यो छविमाथिको आरोप मात्रै भन्नुहोला । तर ४ वटी श्रीमती गलत, छविजी सही त हुनै सक्दैन । धेरै जनाले रेखा थापा र सिल्पा पोख्रेललाई स्टार बनाएको भनेर नभन्नुस् । किनकी दुध दिने गाईलाई नै घाँस हालिन्छ ।’ 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *