परिणिती र सिद्धार्थलाई अपहरणको धम्की

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री परिणिती चोपडाको फिल्म ‘जबरिया जोडी’लाई बिहार र उत्तर प्रदेशमा प्रदर्शन नगर्न गुन्डाहरूको चेतावनी आएको छ । प्रदर्शनीको तयारीमा रहेको यो फिल्मले अरू राज्यमा प्रचार गरे पनि बिहार र उत्तर प्रदेशमा कलाकारहरू प्रचारमा जान सकेका छैनन् । यी दुई प्रदेशका अपहरणकारी गिरोहले कलाकारलाई नै अपहरण गर्ने धम्की दिएपछि उनीहरू डराएका हुन् । 

 

बिहार र उत्तर प्रदेशमा जारी अपहरण पनि सम्पत्ति असुली प्रकरणमा यो फिल्म केन्द्रित छ । बिहार र उत्तर प्रदेशमा थुप्रै गिरोह अहिले पनि अपहरणसँगै सम्पत्ति असुली धन्दामा सक्रिय छन् । यो क्षेत्रमा फिल्म नचलाउनु भनेर धम्की दिएको यसका निर्देशक प्रसान्त सिंहले बताएका छन् । बिहार र उत्तर प्रदेशको जीवनशैलीलाई नजिकबाट बुझेका प्रसान्तले यो क्षेत्रको अपहरण र फिरौती असुली प्रकरणबाट धेरै नै पीडित भएको घटना भेटेपछि त्यसलाई निराकरण गर्न फिल्म जबरिया जोडी बनाए । 

null

अहिले आफूहरूलाई बिहार र यूपीका डन भन्नेहरूले फिल्म नचलाउन धम्की दिइरहेको प्रशान्तले बताएका छन् । ‘कतिपय मैले चिनेकै लोडदेखि प्रदेशसम्मका डनले मेरो फिल्म नचलाउन धम्की दिएका छन् । वास्तविक घटनालाई नजिकबाट नियालेर यो फिल्म बनाएकाले हामी कुनै पनि हालतमा फिल्मको रिलिज रोक्ने पक्षमा छैनौं,’ निर्देशक प्रशान्तले भनेका छन् । अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री परिणिती चोपडाले पनि जहाँको घटना हो, त्यही आफ्नो फिल्म रिलिज गर्न नदिने भनेर धम्की आएको बताएका छन् । फिल्म निकै प्रभावशाली बनेको यी अभिनेता र अभिनेत्रीको दाबी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *