ब्रिटिस एअरवेजले तिर्नुपर्ने भयाे दुई करोड २९ लाख डलर जरिवाना
२०७६ असार २४ गते

असार २३, लण्डन । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना तोकिएको छ ।
यस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै यो जरिवाना तोकिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ (आएजी) ले सोमबार जानकारी दिएको छ ।
null
यो जरिवाना रकम आइएजीका अनुसार ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १.५ प्रतिशत बराबर रहेको छ ।
एएफपीका अनुसार आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ,“बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ।”
२०७६ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








