अनौठो मन्दिर जहाँ बाँदरले पूजा गर्ने गर्छ

 

असार २९ ।  मन्दिरहरुमा हामिले पुजारीहरुले पुजा गरेको देखेका छौ । भारतमा यस्तो अनौठो मन्दिर छ जहाँ पुजारीले होइन एक जनावरले पुजा गर्छ । 

राजस्थानको बजरंगगढमा रहेको उक्त हनुमानको मन्दिरमा देखिने अचम्मको दृश्यले धेरैलाई चकित पारेको छ । एक बाँदरले पुजा गर्ने उक्त मन्दिरमा आउने सबै भक्तजन अचम्म नै पर्छन् । उक्त बादरले ८ वर्ष देखि मन्दिरको सेवा गरिरहेको छ। मन्दिरको पुजारीको रुपमा काम गरेको उक्त बादरले त्यहाँ भएको खानेकुरा खान्छ र त्यही मन्दिरमा सुत्छ । 

null

त्यो मन्दिरमा रहेको हनुमानको मूर्तिको मुख खुला रहेको छ। पुजा गर्न आउने भक्तजनहरु आफुहरुले चढाएको प्रसाद सिधा हनुमानको मुखमा जान्छ भन्ने बिश्वास गर्छन् । 

रामु नामको त्यो बाँदरले हनुमान चालिसाको पाठ गरेको समयमा शान्त भएर सुन्ने गर्छ । आरतीको समयमा पनि मन्दिरको घन्टी बजाउने गर्छ। रामुले भजन गाउँदा नाच्ने पनि गर्छ। उसले भक्तजनहरुलाई शिरमा हात राखेर आशीर्वाद पनि दिन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *