ज्यान मार्ने धम्की दिएको भन्दै गायक बद्री पंगेनीविरुद्ध उजुरी

 

साउन १, काठमाडौं । चर्चित लोकगायक बद्री पंगेनीसहित ३ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । 

काम गरेको ५५ लाख पारिश्रमिक माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै गायक पंगेनीसहित ३ जनाविरुद्ध उजुरी परेको हो । काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले गायक पंगेनी, उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध उजुरी दर्ता गरेका हुन् । 

null

काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मार्ने धक्की दिएको शेर्पाको आरोप छ । 

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डैँ ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझमा नयाँ डेकोरेसन गरेको र काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ । 

यसबारेमा आरोपित बद्री पंगेनीलगायतको कुनै धारणा सार्वजनिक भएको छैन । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *