२४ वर्ष कान्छीसँग विवाहका लागि छोडिदिए राजगद्दी, अहिले भयो डिभोर्स (१० तस्विर)

 

साउन ३, काठमाडौं । एक वर्षअघि मात्रै आफूभन्दा २४ वर्ष कान्छी रुसी मोडलसँग विवाहका लागि राजगद्दी त्यागेका मलेसियाका पूर्व राजा सुल्तान मुहम्मद पाँचौंको डिभोर्स भएको छ । 

रिपोर्टस् अनुसार बच्चा जन्मिएको केही हप्तापछि पूर्व राजा मुहम्मद र रिहाना ओकसाना वोवोदीनाले सम्बन्ध विच्छेद् गरेको खबर बाहिरिएको छ । मोडल रिहाना मिस मस्को पनि भइसकेकी छिन् । 

null

स्ट्रेट टाइम्सका रिपोर्ट अनुसार ५० वर्षीय सुल्तान र उनकी ब्यूटी क्वीन २७ वर्षीय दुलहीले विवाहको केही महिनापछि सम्बन्ध विच्छेद् गरेका हुन् । डिभोर्सको कारण भने खुलिसकेको छैन । 

 

प्राप्त जानकारी अनुसार डिभोर्स १ जुलाईमा दर्ता गरिएको थियो । अहिले दुवै अलग भइसकेका छन् । सिंगापुरमा यो डिभोर्स पञ्जिकृत गरिएको छ । 

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको त्यो पहिलो घटना थियो । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए । 

 

 

 

 

 

 

 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *