कांग्रेस र राजपाको अवराेधपछि संसद बैठक स्थगित

 

साउन १५, काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक पनि स्थगित भएको छ । 

विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसले नाराबाजी गरी अवरोध सिर्जना गरेपछि बैठक स्थगित भएको हो । 

null

प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयलाई लिएर विपक्षीले संसद अवरुद्ध गरेका हुन् । 

विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको पटक पटक बसिदिन आग्रह गर्दा पनि राजपा र कांग्रेस सांसदहरुले राजपाले बेल घेराउ गरी नाराबाजी जारी राखेपछि सभामुख महराले बैठक स्थगित गरेका हुन् । 

यसअघि आइतबार पनि विपक्षी सांसदहरुले करिब ४० मिनेटसम्म नाराबाजी गरेर संसद चल्न दिएका थिएनन् । त्यसपछि साे बैठक पनि स्थगित भएकाे थियाे । 

सर्लाहीमा प्रहरीको गोली लागी २ नागरिकको हत्या भएको विषयमा छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरुको माग छ । माग पुरा नभएसम्म संसद चल्न नदिने प्रतिपक्षीकाे चेतावनी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *