चितवनका एक युवाले सुरु गरे नयाँ प्रविधिबाट माछापालन

 

असार २९, चितवन। चितवन रत्ननगरका एक युवा नयाँ प्रविधिमार्फत माछापालनमा अग्रसर भएका छन् । 

नेपालमै पहिलो पटक रत्ननगर १३ जयमंगलाका ३४ वर्षिय विराट लामिछानेले घरको आगनमा ट्यांकी निर्माण गरेर माछापालन सुरु गरेका हुन् । वायोफ्लक प्रविधि ( व्याक्टेरियाको झुन्ड) मार्फत सुरुवातमा २ वटा ट्यांकी वनाएर उनले माछा पाल्न सुरु गरेका छन् । 

null

यो प्रविधिमा जमिनमा खाल्डो खन्नु पर्दैन् । गोलाकार ट्यांकी निर्माण गरेर पानी जमाएर माछापाल्न सकिन्छ । त्रिपोलिङ (त्रिपाल), जाली, कार्पेट, एरियसनको प्रयोग गरि जमिनको सतह भन्दा माथी करिव ४ फिटको उचाईको ट्यांकी वनाईएको छ । करिव १२ वर्ष दुवईमा रोजगारी गरि २ वर्ष अघि स्वदेश फर्किएका उनीले भारतमा तालिम लिएर यहाँ नयाँ प्रविधिको प्रयोग गरेर माछापाल्न सुरु गरेका हुन् । 

फ्रान्सका वैज्ञानिकले यो प्रविधिको आविस्कार गरेका हुन् । २ वटा ट्यांकी निर्माण गरेर सुरुवात गरेका उनले १ कठ्ठामा थप १२ वटा ट्यांकी निर्माण गर्दैछन् । एक कठ्ठामा १६ वटा सम्म ट्यांकी निर्माण गर्न सकिने उनको दावी छ । एउटा ट्यांकी निर्माण गर्न करिव ७० देखी ८० हजार रुपैया खर्च लाग्छ । सुरुमा वनाएको ट्यांकीबाट ५ वर्ष सम्म उत्पादन लिन सकिने लामिछानेले वताए । 

माछापालनका लागि पानीको लेवल नाप्न पिएच,नुनको मात्रा नाप्न टिडिएस, तापक्रम र माछाको दिसामा पाईने ग्याँस (एमोनिया) लाई सन्तुलनमा राख्नु पर्छ । भारतमा तालिम लिएर स्वदेशमा नयाँ प्रविधिको सुरुवात गरेको छु रेस्टुरेन्ट व्यवसायी समेत रहेका लामिछानेले भने – परम्परागत शैलीमा गरिने प्रविधि भन्दा यो प्रविधिले छिटो र धेरै उत्पादन हुन्छ । 

जमिनमा खाल्डो खनेर माछा पाल्दा करिव ११ महिनामा उत्पादन लिन सकिने भएपनि वायोफ्लक प्रविधिमार्फत ४ महिनामै एक किलाको माछा उत्पादन हुने लामिछानेको भनाई छ । थोरै दाना भएपनि पुग्ने वताउँदै लामिछानेले माछाको दिसालाई प्रविधिले पुन आहार वनाउँछ । उनले अहिले दुई वटा ट्यांकीमा कमनकार्प हालेका छन् । वजारमा कमनकार्प प्रतिकिलो ४ सय रुपैया पर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *