अचम्मकाे युवक जसले दाहाेराे मतदान गर्न आफ्नो औला नै काटे

 

साउन १४, भारत ।  उत्तर प्रदेशको बुलन्द शहरमा गलत बटम दबाएपछि औंला काट्ने युवकले भने, ‘दोस्रो पटक मतदान गर्न चाहन्थे, त्यसैले औंला काँटे । बुलन्द शहरका अब्दुलल्लाहपुर हुलासन गाउँमा बसोबास गर्ने पवनकुमारले सञ्चारमाध्यमलाई भने, ‘म हात्तीमा मतदान गर्न गएको थिएँ, तर फुलमा मतदान गरेछु । गलत बटम थिच्दा त्यस्तो भयो । घर फर्किएर उनले चक्कुले औंला काटिदिए ।’ 

दिपककुमारले जुन औंलामा मतदान गरेको निशान लगाइएको थियो, त्यही औंला काटेका थिए । भारतमा मतदान गरिसकेपछि प्रत्येक मतदाताको औंलामा हत्तपत्त नमेटिने निशाना लगाइएको हुन्छ । जसका कारण पुनः मतदान गर्न पाइँदैन । 

null

बुलन्दशहरमा दोस्रो चरणमा हिजो बिहीबार मतदान भएको थियो । दिपकले पनि मतअधिकार सुरक्षित गरेका थिए । दिपकले भने, ‘मनमा लाग्यो मेरो मत खेर गयो, दोस्रो पटक मतदान गर्न आउँछु ।’ मतदान गरिसकेको निशाना मेटाउनकै लागि औंला काटेको दिपकले बताए । उनले भने, ‘म आफ्नो बहिनीलाई मात्र मतदान गर्न चाहन्थे, त्यसबाहेक कसैलाई मतदान गर्न चाहन्नथे । 

हात काटेपछि रगत निस्केको आफन्तले देखे । त्यसपछि उनलाई तुरुन्तै अस्पताल लगियो । मल्हमपट्टि गरियो, तर काटिएको औंला पुनः जोड्न सकिएन । उनले दोस्रो पटक मतदान गर्न पनि पाएनन् । दिपकले भने, ‘औंला काटिएपछि उपचार गर्न अस्पताल जानुपर्यो, त्यसैले दोस्रो पटक मतदान गर्ने प्रयास गरिन् ।’ 

बुलन्दशहरको सिट अनुसूचित जातिका लागि आरक्षित थियो । हाल त्यहाँ भाजपाका भोला सिंह सांसद थिए । उक्त क्षेत्रमा यसपटक भोला सिंह र कांगे्रसका बंशी सिंह र बहुजन समाजवादी पार्टीका योगेश बर्माबीच प्रतिस्पर्धा भइरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *