ऋचा शर्माले गरिन् प्रेम र विवाहका बारेमा खुलासा

काठमाडौं, १५ साउन । फिल्म उद्योगमा ऋचा शर्मालाई ‘सिरियस’ कलाकारका रुपमा हेर्ने गरिन्छ । तर, ऋचा यो कुरा स्विकार गर्दिनन् । ‘म अभिनय गर्छु, यो मेरो जागिर हो,’ उनले थपिन्, ‘मानिसले आफ्नो जागिर सकेसम्म उत्कृष्ट रुपमा गर्नुपर्छ । मैले हरेक प्रोजेक्टमा सकेसम्म राम्रो गर्ने प्रयास मात्रै गरेकी हुँ ।’ऋचाले दर्जनौं चलचित्रमा काम गरेकी छन् । त्यसमध्ये केही उत्कृष्ट फिल्ममा दरिएको छ । उनका केही फिल्म असफल पनि छन् । यद्यपी उनले काम गरेका हरेक फिल्मको अभिनयलाई दर्शकले रुचाएका छन् । उनीसँग रामजी ज्ञवालीले यो साता ‘पुरुषवार्ता’ गरेका थिए । 

बिहे गर्ने बेला नभएको कि भनेजस्तो पुरुष पाइएन ?बेला हुँदैछ । समय आएपछि अवश्य होला नि ।जीवनमा पहिलोपटक पुरुष भनेर याद गर्नुभएको व्यक्ति ?मेरो नै बुबा हो । तर, अहिले उहाँ हुनुहुन्न ।विशेष प्रभाव पारेको पुरुष ?बुबा नै हो । जीवनमा धेरै सफल भएपनि सामान्य किसिमले जीवन बिताउन खोज्ने । जतिसुकै धनी भएपनि देखावटी गर्न नहुने बुबाबाट सिकेकी हुँ । अरु धेरै कुरा सिकेकी छु ।सबैभन्दा सहयोगी पुरुष ?जीवनमा सहयोगी पुरुष धेरै भेटेकी छु । तर, विशाल भण्डारी बढी नै सहयोगी लाग्छ । ऊ हुँदा हरेक कुरा बिर्सिन्छु ।सबैभन्दा धेरै माया लाग्ने पुरुष ?मेरो दिदीको छोरा । ऊ हाम्रो घरको कान्छो पुरुष सदस्य पनि हो ।सबैभन्दा घृणा लाग्ने पुरुष ?अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हो । मलाई अनुहार हेर्न पनि मन पर्दैन ।सबैभन्दा झर्को लाग्ने पुरुष ?२–३ जना पुरुष छन्, उनीहरुको नाम नलिउँ होला ।सपनामा आउने पुरुष ?अहिलेसम्म कति पुरुष सपनामा आए भन्ने यादै छैन । तर, शाहिद कपुर, आमिताभ बच्चन, पारश खड्का बढी सपनामा आउने गरेका छन् ।कल्पनामा आइरहने पुरुष ?पुरुषहरुको कल्पना गरेर बस्ने बानी छैन ।पहिलोपटक डेट गएको व्यक्ति ?नाम त भन्न सक्दिनँ । अत्ति हुन्छ । ११ कक्षा पढ्दा डेट गएको याद छ ।प्रेममा धोका दिएको पहिलो पुरुष ?पहिलोपटकको प्रेममा मैले धोका दिएकी हुँ । नाम भन्ने हो भने बर्बाद हुन्छ ।पहिलो पटक लभलेटर दिएको व्यक्ति ?हामीसँगै पढ्ने साथी (सिद्धान्त) ले हो । उसले बिर्सियो कि ? तर, मैले सम्झिरहेकी छु ।हात काटेर लभलेटर पठाउने कोही थिए ?११–१२ पढ्दा एकजनाले त्यसरी रगतले लेटर लेखेका थिए । यो कुरा म कहिल्यै बिर्सिन्न ।बिहेको प्रस्ताव गर्ने पहिलो पुरुष ?एकजना अस्ट्रेलियाको युवकले ‘वील यू म्यारी मी’ भनेर प्रस्ताव गरेका थिए ।पहिलो किस गरेको पुरुष ?हाहा…। नाम भन्न सक्दिनँ । तर, धेरै वर्ष अघिको कुरा हो ।बिहे गर्न मन लागेको व्यक्ति ?जस्तो मान्छेसँग बिहे गर्न मन थियो, त्यस्तै मान्छेसँग चाँडै बिहे हुनेवाला छ । १–२ महिनामा तपाईंले मेरो प्रेमीको बारेमा थाहा पाउनुहुनेछ ।संसारमा सबैभन्दा हृयाण्डसम लाग्ने पुरुष ?हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो ।सबैभन्दा मनपर्ने अभिनेता ?विपीन कार्की । ऊ सँग काम गर्ने इक्षा छ ।निरन्तर संवाद भइरहने पुरुष ?खासै कोही छैन । म कमै मात्रामा पुरुषहरुसँग बोल्छु ।सबैभन्दा मनपर्ने पुरुष नेता ?गगन थापा ।राम्रो ड्रेससेन्स भएको पुरुष ?अनुप विक्रम शाही ।गतिलो सेन्स अफ हृयुमर भएको पुरुष ?म अहिले जोसँग डेट गरिरहेको छु ।तपाईंको हातको झापड खाएको पुरुष ?१० वर्ष अघि होला सायद, एक जनालाई राम्रैसँग चड्कन हानेकी थिएँ ।तपाईंलाई धम्की दिने पुरुष कोही छ ?एकजना थियो । केही वर्ष अघि तिमी मलाई भेट्न आएनौ भने यसो उसो गर्छु भन्दै धेरै धम्की दिएको थियो । अत्ति भएपछि मैले प्रहरीमा उजुरी दिएँ । प्रहरीले ठीक पारेपछि उसले कहिल्यै सम्पर्क गरेन । रमाइलो कुरा त ऊ मभन्दा धेरै कान्छो रहेछ । आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *