‘कुण्डली भाग्य’ की यी अभिनेत्री बोइफ्रेन्डसँग गर्दैछिन् विवाह

 

साउन २, काठमाडौं । टीभीको लोकप्रिय शो ‘कुण्डली भाग्य’ मा भिलेन रोल निभाइरहेकी टेलि अभिनेत्री रुही चुतुर्वेदी अर्थात् शर्लिनको विवाह हुँदैछ । 

पछिल्लो १४ वर्षदेखि प्रेममा रहेकी रुहीले आफ्नो प्रेमी शिवेन्द्रसँग विवाह गर्न लागेकी हुन् । १७ अगस्टमा उनीहरुको इंगेज्मेन्ट हुनेछ । यद्यपी विवाहको मिति भने सार्वजनिक गरिएको छैन । भारतीय सञ्चार माध्यमका अनुसार शिवेन्द्र र रुही राम्रा साथी हुन् । दुवैका परिवार उनीहरु विवाह गरुन् भन्ने चाहन्थे । 

null

 

कुण्डली भाग्यमा शर्लिनको रोल गरिरहेकी रुहीको चर्चा भइरहेको छ । नेगेटिभ रोलमा रुहीको भूमिका दर्शकले पनि मन पराइरहेका छन् । नेगेटिभ रोलमा आफ्नो छाप छोड्न उनी सफल भइसकेकी छिन् । 

 

कुण्डली भाग्यमा श्रद्धा, आर्या र धीरज कपूर मुख्य भूमिकामा छन् । यो टीभीको चर्चित शो हो । टीआरपी चार्टमा यो शो टप ५ मा छ । यो शो कुमकुम भाग्यको दोस्रो पार्ट हो । 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *