यी पप गायिका धेरै कमाउने सेलिब्रिटीको सूचीमा

 

असार २६ ।  पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ । 

२९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर १७० मिलियन डलरसहित दोस्रो स्थानमा छिन् । 

null

यस्तै, तेस्रो स्थानमा कान्ये वेस्ट, चौथोमा लियोनल मेस्सी र पाँचौंमा इद सेरिन रहेका छन् । टेलरले सन् २०१८ मा रेप्युटेशन स्टेडियम टुरबाट पश्चात् आर्जन गरेको सम्पत्तिले उनलाई शीर्ष स्थानमा पुर्याएको बताइन्छ । उक्त टुरलाई फोर्ब्सले अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने भ्रमणको संज्ञा दिएको छ । 

दोस्रो स्थानमा पर्न सफल काइली जेनर पहिले देखि नै सबैभन्दा कम उमेरमा आफ्नै बलबुँतामा बिलेयनियर बन्न सफल व्यक्तिको सूचीमा छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *