उडिरहेको प्लेनबाट यात्रु खसे, प्रत्यक्षदर्शी भन्छन्– जमिनसमेत भासियो

 

असार १८, काठमाडौं । बेलायतमा उडिरहेको प्लेनबाट खसेर एक जनाको मृत्यु भएको छ । 

हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट खसेर एक यात्रुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

null

उनी विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेका थिए । विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको बताइएको छ । मृतकको पहिचान भइसकेको छैन । 

दक्षिण लन्डनको आवासीय क्षेत्रमा रहेको एउटा घरको बगैंचामा ती व्यक्ति खसेका थिए । प्रत्यक्षदर्शीले भने, ‘एकछिनसम्म म त ट्वाल्ल परेँ । सोच्नैँ नसक्ने घटना । आकाशबाट मान्छे पो खस्यो ।’ 

ती व्यक्ति जमिनमा खस्दा ठूलो आवाज समेत आएको उनले बताएका छन् । उनी खसेको स्थानमा जमिनसमेत भासिएको छ । 

केन्याको नैरोबीबाट स्थानीय समयअनुसार आइतबार बिहान सवा नौ बजे उडेको सो विमान हिथ्रो विमानस्थलमा अवतरणको तयारीमा थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *