प्रधानाध्यापकको अश्लिल फोन कल रेकर्ड गरेर साझा गर्ने शिक्षिकालाई सजाय

 

असार २२ इन्डोनेशिया ।  इन्डोनेशियामा आफ्नो बोसको तर्फबाट कथित यौन उत्पीडनलाई प्रमाणित गर्नका लागि अश्लिल फोन कल रेकर्ड गरेर त्यसलाई सेयर गर्ने महिलाले पाएको ६ महिनाको जेल सजायलाई देशको सर्वोच्च अदालतले कायम राखेको छ । 

आफ्नो निर्णयमा सर्वोच्च अदालतले बाइक नुरिल मकनून अश्लिल सामग्री सार्वजनिक गरेकोमा दोषी प्रमाणित भएको बताएको छ । उक्त रेकर्डिङ सोसल मिडियामा भाइरल भएपछि उनका बोसले पुलिसमा ऊजुरी दिएका थिए । 

null

मानवाधिकार समुहले यो मामलामा सर्वोच्च अदालतको निर्णयको आलोचना गरेको छ । नुरिल, लोमबोक द्वीपमा माताराम शहरको एक विद्यालयकी शिक्षिका थिइन् । उनले आफ्नो प्रधानाध्यापकको अश्लिल फोन आउने गरेको भन्दै ऊजुरी पनि दिएकी थिइन् । 

नुरिलले एउटा फोन रेकर्ड गरेकी थिइन् जसमा कथित रुपमा प्रधानाध्यापकले अश्लिल कुरा गरेका थिए र उनलाई गाली गरेका थिए । यो रेकर्डिङलाई पछि स्कूलका अध्यापकमाझ साझा गरिएको थियो र स्थानीय शैक्षिक एजेन्सीका प्रमुखसामू पेश गरिएको थियो । 

उक्त अडियो सोसल मिडियामा पनि भाइरल भएको थियो । अदालतमा पेश गरिएको दस्तावेज अनुसार त्यसपछि प्रधानाध्यापकले आफ्नो जागिर गुमाएका थिए । 

 

ती प्रधानाध्यापकले आफ्नो कुराकानीको भिडियो सार्वजनिक गरेको भन्दै पुलिसमा ऊजुरी दिएका थिए । सर्वोच्च अदालतले गत वर्ष नोभेम्बरमा ती शिक्षिकालाई इन्डोनेशियाको ‘इलेक्ट्रोनिक इन्फर्मेशन एण्ड ट्रान्जेक्सन ल’ अनुसार ‘शालीनताको उल्लंघन’ को दोषी मानेको थियो । 

बिहिबार सर्वोच्च अदालतले आफ्नो निर्णय कायम राख्यो । अदालतले महिलाले कुनै नयाँ प्रमाण पेश गर्न नसकेको बताएको छ । अदालतका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई भने, ‘उनको न्यायिक समिक्षाको अपिल खारेज गरिएको छ किनभने उनको अपराध निकै सजिलै प्रमाणित भइसकेको छ ।’ 

पीडितमाथि लगाइएको ५० करोड रुपियाह (करिब ३८ लाख रुपैयाँ) को जरिवाना पनि कायम राखिएको छ । नुरिलले अदालतमा आफूले उक्त रेकर्डिङ सार्वजनिक नगरेको भन्दै एकजना साथीले उनको फोनबाट लिएर सार्वजनिक गरिदिएको बताएकी छिन् । 

उनका अधिवक्ता जोको जुमाडीले बीबीसीसँग भने, ‘नुरिलले अदालतको निर्णय स्विकार गर्छिन् तर यौन उत्पीडनविरुद्ध आवाज उठाएका कारण आपराधिक मुद्दा खेप्ने आफू अन्तिम पीडित होस् भन्ने उनको चाहना छ ।’ अधिवक्ताका अनुसार सुनुवाईको क्रममा उनी शान्त थिइन् । 

 

 इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो 

सर्वोच्च अदालतकमो निर्णयविरुद्ध अब कसैले अपिल गर्न सक्दैन । तर नुरिलको समूहले राष्ट्रपति जोको विडोडोसँग क्षमादानका लागि आग्रह गर्नसक्छ । 

राष्ट्रपतिले यदि महिलासँग कानूनी विकल्प समाप्त भएको खण्डमा आफूले उनको आग्रहमाथि विचार गर्ने बताइसकेका छन् । तर नुरिलका अधिवक्ताका अनुसार आफूहरुले क्षमा याचना गर्न नपर्ने किनभने उनले कुनै अपराध नै गरेकी छैनन् । 

यो घटनापछि मानवाधिकार समूहले यो निर्णयले यौन उत्पीडनको शिकार भएका महिलामाथि चिन्ताजनक संदेश सम्प्रेषण भएको बताएको छ । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *