याे हाे विश्वकाे अनाैठाे मन्दिर जहाँ भ्रष्टाचारी छिर्न सक्दैनन्

 

असार २६ । भ्रष्टाचार धेरैजसो देशमा हुने गर्छ । भ्रष्टाचार गर्नेलाई घर र कार्यलयबाट निष्कासन गरेको पनि सुनिएको छ । कुनै कार्यलयहरुमा भ्रष्टचार गर्नेलाई प्रबेश गर्न समेत निषेध गरिएको पनि सुनिएको छ । 

तर भ्रष्टचार गर्नेलाई मन्दिरमा समेत निषेध गरिएको भन्ने कमैले सुनेका छौ होला । यस्तै भ्रष्टाचार गर्नेलाई मठ मन्दिर, मस्जिद लगायतका धार्मिक स्थानमा प्रवेश निषेध गरिएको हुन्छ । एउटा यस्तो मन्दिर छ जहाँ भ्रष्टचारीलाई प्रबेश निषेध गरिएको छ । 

null

त्यो मन्दिरमा भ्रष्टचार गर्ने मानिसहरु छिर्न पाउदैनन् । उक्त मन्दिर भारतको उत्तर प्रदेशस्थित कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको छ । त्यो मन्दिरमा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई पनि प्रबेश निषेध गरिएको छ । 

उक्त मन्दिरको नाम भ्रष्टतन्त्र विनाशक शनि मन्दिर हो । ब्रम्हा र हनुमानको मुर्ति राखिएको उक्त मन्दिर निजी जग्गामा बनाइएको छ । उक्त मन्दिरमा शनिदेवताले निगरानी गरून् भन्नाका लागि मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीश तथा नेताहरुको तस्वीर समेत राखिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *