अनुहार सुन्दर बनाउन यी घरेलु उपाय अपनाउनुहोस

  

 

असार २४ । मानिसको अनुहार यस्तो चिज हो जसले सबैको ध्यान केन्द्रित गरेको हुन्छ । आफ्नो अनुहार सुन्दर भएर आफू सबैको आकर्षकको पात्र बन्नु पाईयोस भन्ने सबैको ईच्छा हुन्छ । 

null

हुन पनी सुन्दर अनुहारले जो कसैको ध्यान खिचिरहेको हुन्छ । सुन्दर अनुहारप्रति जो कोहि पनि लालहित हुन्छन् । सुन्दर अनुहार हुने मानिसले धेरै व्यक्तीको तारिफ बटुली रहेको पनी पाइन्छ । यही अनुहार सुन्दर बनाउँन धेरैले लाखौँ रुपैँया खर्च गर्न समेत पछी हट्दैनन् । सुन्दर अनुहार बनाउन जतीपनी पैंसा खर्च गर्न तयार हुन्छन् । 

तर यस्ता केही घरेलु टिप्स छन् जसले हाम्रो अनुहार सुन्दर बनाउन मदत गर्दछ । ती टिप्सहरु के–के हुन् तल बताईएको छ । 

स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ । स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ । 

अण्डाःअण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्। अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ । 

महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ। महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ। 

कागती पानीः कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ । 

केराःमहसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *