आतंकाकरी समूहद्वारा २३ जनाको हत्या

 

साउन १२, मैदुगुरी । आतंककारी संगठन बोको हरामले नाइजेरियाको अशान्त उत्तर पूर्व क्षेत्रमा पर्ने बोर्नो राज्यमा २३ जनाको हत्या गरेको छ । 

स्थानीय मिलिशिया र वासिन्दाहरुले अन्तिम संस्कारबाट फर्किरहेका २३ जनाको बोको हरामका लडाकुहरुले हत्या गरेको बताएका छन् । 

null

स्थानीय मिलिशिया नेता बुनु बुकर मुस्तफाले मैदुगुरी नजिकै न्गांजई जिल्लामा आफन्तको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेको पुरुष समूहमाथि तीन मोटरसाइकलमा आएका आक्रमणकारीले गोली चलाएको बताएका छन् । 

मुस्तफाले भने, ‘हाम्रा मान्छेले घटनास्थलबाट २३ शव फेला पारेका छन् ।’ न्गांजई जिल्लाका एक अधिकारीले घटना र मृतकको संख्या पुष्टि गरेका छन् । -एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *