हुम्लाको विद्यालयमा बम फेला, डिस्पोजल टोली जाँदै

  

असार १८, सुर्खेत । हुम्लाको एक विद्यालयमा दुई वटा सकेट बम फेला परेको छ । 

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बागेश्वरी आधारभूत विद्यालयमा दुई वटा सकेट बम फेला परेको वडाध्यक्ष भिमराज शाहीले जानकारी दिए । 

null

द्वन्द्वकालिन समयमा विद्यालयको खेलमैदानको वालमा बम राखिएको हुन सक्ने वडाध्यक्षको अनुमान छ । यद्यपी बम कसले राखेको हो भन्ने खुलेको छैन । 

विद्यालयमा भेटिएको बम निस्क्रिय गर्नका लागि नेपाली सेनाको टोली घटनास्थल जाने तयारी छ । 

घटनास्थल निकै टाढा भएका कारण भोलिमात्रै सेनाको टोली पुग्ने देखिएपछि त्यहाँको सुरक्षा बढाइएको छ । बम भेटिएको स्थानमा अहिले नेपाल प्रहरीले कडा सुरक्षा दिइरहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *