सिलवाल भए (राखेप) को सदस्य सचिव

 

असार २३, काठमाडौँ । सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त रहेको सदस्य सचिवको पदमा रमेश सिलवाल नियुक्त गरिएको छ । 

यो भन्दा अगाडी यस पदमा केशवकुमार विष्ट रहेका थिए । विष्टको यही असार ९ गते कार्यकाल सकिएपछी रिक्त रहेको पदमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सदस्य सचिव पदमा सिलवाललाई नियुक्त गरेको हो । 

null

गोल्डेन गेट कलेजका सञ्चालक समेत रहेका सिलवाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको निकटका व्यक्ति समेत भनिन्छ । 

निवर्तमान सदस्य सचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला लगायत दावेदार रहेको यस पदमा सिलवाललाई नियुक्त गरिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *