मिडियासँग रिसाइन् स्वस्तिमाः ‘मैँले कसैको पारिश्रमिकको डाह गरेकी छैन’

 

साउन १२, काठमाडौं । पछिल्लो समय निकै नै व्यस्त रहेकी नायिका एवम् मोडेल स्वस्तिमा खड्काले हिजो (शनिबार) चलचित्र हजार जुनीसम्मको प्रेसमिटमा ‘मैँले बीस लाख पारिश्रमिक लिन्छु भने पचास लाखको दर्शक तान्न सक्नु पर्छ’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । 

उनको सो अभिव्यक्तिलाई सञ्चार माध्यम एवम् युट्युबरहरुले नायिका पूजा शर्मासँग जोडेर घुमाइ फिराइ समाचार प्रकाशन गरेपछि यतिबेला नायिका स्वस्तिमा मिडियासँग चिढिएकी छिन् । 

null

यसअघि पुजा शर्माले एउटा चलचित्रमा २० लाख लिएको भन्ने खबरहरु बाहिरिएका थिए । सोही खबरलाई आधार मानेर मिडियाहरुले स्वस्तिमाको अभिव्यक्तिलाई पुजामाथिको व्यंग्य हुनसक्ने भन्दै लेखेपछि स्वस्तिमा पत्रकारले आफ्नो धर्म छोड्न नहुने भन्दै पत्रकारसँग रिसाएकी हुन् । 

उक्त अभिव्यक्तिबारे प्रष्ट पार्दै उनले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘कलाकार हुनुको पहिलो धर्म नै कलाकारिता हो । मैँले अभिनयलाई आफ्नो धर्म मानेकी छु, र दिन–रातको साधना र कर्मले जति पारिश्रमिक पाउनु पर्छ जस्तो लागेको छ– त्यति नै पाएकी पनि छु । मैँले अरू कसैले पाएको पारिश्रमिक देखेर आफ्नो धर्म–कर्म कम गर्ने होइन, अरू कसैले मभन्दा धेरै पारिश्रमिक पाउँछ भन्दैमा मैँले डाहा गर्ने होइन । मेरो कर्म त्यो होइन । मेरो कर्म अभिनय हो – त्यो राम्रो गर्न सकेँ भने मेरो धर्म पूरा हुन्छ ।’ 

उनले पत्रकारलाई पनि आफ्नो धर्म पुरा गर्न सुझाएकी छिन् । उनले लेखेकी छिन्, ‘पत्रकारको धर्म भनेको सबैलाई सुसूचित गर्नु हो । सबै जनाले कलाकारिता क्षेत्रमा के–कस्तो समाचार छ भनेर बुझ्न पाउनुपर्छ । त्यसैले पत्रकारले सु–समाचार दिएर सर्वसाधारणलाई कलाकारिताका बारेमा जानकारी दिनुपर्छ । तर आफ्नो कर्मक्षेत्रलाई नै बिर्सेर मनगढन्ते समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउनु भनेको पत्रकारिताको धर्म होइन जस्तो लाग्छ मलाई ।’ 

जथाभावी नाम जोडेर कलाकारिताको बेईज्जती गर्दा पत्रकारिता बेकारको हुने भन्दै उनले आक्रोश पोख्दै उनले आ–आफ्नो धर्म नबिर्सिन कलाकार तथा पत्रकारहरुलाई आग्रह गरेकी छिन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *