सोनाक्षीकाे ‘खानदानी शफाखाना’ विवादित, फिल्म रिलिजमा रोक लगाउने माग

 

साउन ८, भारत ।  बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको फिल्म ‘खानदानी शफाखाना’ विवादमा फसेको छ । दिल्लीको यौनविज्ञ डा. विजय एबोटले हाईकोर्टमा स्टे अडर फाइल गरेका छन् । जसमा फिल्म रिलिजमा रोक लगाउने माग गरिएको छ । यो फिल्म अगस्त २ देखि रिलिज हुँदै थियो । 

डा. विजयले टि सीरीज र फिल्मको निर्देशक शिल्पी दासगुप्तालाई नोटिस पठाएका छन् । भारतिय मिडिया अनुसार, ‘डा. विजयले सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशनलाई एक लेटर पठाएका थिए । १८ जुलाईमा लेखेको लेटरमा डा. विजयको बाबु डा. हकीम हरि किशन लालको प्रख्यात खानदानी शफाखानालाई अवैध तरिकाले प्रयोग गरिएको छ । साथै डा. हकीमको तस्बिरलाई पनि अवैध रुपमा फिल्मको ट्रेलरमा प्रयोग गरिएको छ । जसले कपीराइट एक्टको उल्लंघन गरेको छ ।’ 

null

यो फिल्ममा सोनाक्षीले सेक्सोलोजिस्टको भुमिका निभाएकी छन् । उनले फिल्ममा खानदानी शफाखाना नामको क्लीनिक चलाएकी छन् । विवादपछि फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । जसमा डा. हकीम हरि किशन लालको तस्बिर हटाइएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *