‘सीके राउत जस्तै शान्तिपूर्ण राजनीतिमा आए विप्लसँग वार्ता हुन्छ’

 

साउन २, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार विप्लवसँग वार्ता गर्न तयार रहेको बताएका छन् । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । 

null

‘नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हामी वार्ता गर्न तयार छौँ भनेकै छौँ । वार्ता दाउपेच र शक्ति सञ्जयको लागि भने हुँदैन । सरकार कमजोर धरातलमा बसेर वार्ता गर्दैन । छक्कापञ्जा तरिकाबाट उहाँहरुसँग वार्ता हुँदैन’, कार्यक्रममा मन्त्री बाँस्कोटाले भने । 

मन्त्री बास्कोटाले विप्लवको माग पूरा गर्न नसकिने पनि स्पष्ट पारे । पक्राउ गरेको मान्छे छोडेर फेरि बन्दुक बोक्न जाने गरी वार्ता हुन नसक्ने उनको भनाइ छ । 

उनले भने, ‘सीके राउत शान्तिपूर्ण रुपमा आएजस्तै गरी विप्लव समूह पनि आउनुपर्छ । हिंसा छोडेर, संविधान पालना गर्ने गरी आए एक मिनेटमा नै वार्ता हुन्छ । पहिले केही बिगारेको भए पनि होस नि त भनेर भन्थ्यौं ।’ 

दश वर्षे द्वन्द्वमा पनि शक्ति सञ्चयका लागि वार्ता भएका दृष्टान्त देखाउँदै सरकार ‘अगुल्टोले हानेको कुकुर विजुली देख्दा तर्सिए’झैँ भएको उनले बताए ।  

विप्लव समूहको नेपालले थेग्न नसक्ने माग रहेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरुले संविधान काम नलाग्ने, राज्य व्यवस्था काम नलाग्ने भनेर अर्को चिज माग्नु भएको छ । के हामी त्यहाँ पुगेको हो ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *