समुन्द्री किनारमा प्रेमीसँग खिचिएको पाेजपाेजकाे फोटोले साम्राज्ञी विवादित

 

साउन ५, काठमाडौँ । आफ्नो दुई चलचित्र सकाएर रेष्ट गर्नका लागि आफ्नो प्रेमीसँग इन्डोनेशियामा पुगेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतीबेला निकै विवादित बन्न पुगेकी छिन् । 

शुक्रबार उनले इन्डोनेशियाको बालीको समुन्द्री किनारमा रातो विकिनी लगाएर प्रेमीसँग खिचेकाे पोज पोजको फोटोले गर्दा उनी पुनः बिवादित बन्न पुगेकी हुन् । 

null

 

प्रेमी मयंक खड्कासँग ब्रेकअप भएपछी नयाँ प्रेमी देवाङ्कस राणाको प्रेममा परेकी साम्राज्ञीले बालिको समुन्द्री किनारमा प्रेमी देवाङ्कसले ओठ्,छात्ती र कम्मर पछाडीको भागमा चुमेको फोटो सामाजिक संजाल इन्टाग्रामबाट सार्वजनिक गरेपछी उनी  विवादमा तानिएकी हुन् । 

उनले उक्त फोटो सामाजिक संजालबाट सार्वजनिक गरेपछी उनलाई सामाजिक संजालमा सकरात्मक टिप्पणी भन्दा नकरात्मक टिप्पनीको ओईरो लागेको थियो । समाजिक संजालमा उनलाई गालीको वर्षा भएपछी हाल उनले उक्त फोटोहरु साजिक संजालबाट डिलिट गरेकी छिन् । 

बालीको समुन्द्री किनारमा प्रेमीसँग मस्ती मुडमा रहेकी साम्राज्ञीले करिब ढेड बर्षअघी मात्र चलचित्र ‘कायरा’को छायांकनको समयमा स्तनमुखी खोपेको ट्याटु सार्वजनिक गरेपछी निकै विवादमा तानिएकी थिईन् । 

 

त्यो समयमा ट्याटुको कारणले विवादमा तानिएकी साम्राज्ञी यस पटक प्रेमीसँग दर्शकले पचाउन नसक्ने फोटो सामाजिक संजालबाट सेयर गरेपछी बिवादमा तानिन पुगिन ।  कतिपय चलचित्रकर्मीले सेलिब्रिटी भैसकेपछि कस्ता तस्वीर सार्वजनिक गर्ने र नगर्ने भन्ने छुट्याउन आवश्यक रहेको र यस्तो कुरामा ख्याल गर्नुपर्ने बताउँछन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *