अमेरिकामा फुड फेस्टिबलमा गोली चल्योः ३ जनाको मृत्यु, ५ को अवस्था गम्भीर

 

साउन १३, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा एक फुड फेस्टिबलमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । 

स्थानीय प्रहरीका अनुसार आइतबार गार्लिक फेस्टिबलको समयमा सो घटना घटेको हो । घाइतेहरुलाई त्यहाँबाट उद्धार गरी अस्पतल पुर्याइएको छ । 

null

प्राप्त जानकारी अनुसार अमेरिकाको सबैभन्दा ठुलो फेस्टिबल मध्ये एक थियो । यसको आयोजना सैन जोसको दक्षिण–पूर्वदेखि लगभग ४८ किलोमिटर गरिन्छ । 

 

समाचार एजेन्सीले एक प्रत्यक्षदर्शी महिलाको भनाइ उदृत गर्दै भनेको छ, ‘आक्रमणकर्ता लगभग ३० वर्ष आसपासको थियो, जसले आफ्नो राइफलबाट गोलीबारी गरेको थियो । आक्रमणकारी हरेक दिशामा फायरिङ गर्दै थियो । ऊ कुनै एकलाई निशाना बनाइरहेको थिएन । ऊ दायाँबाट बायाँ, बायाँबाट दायाँ गोली चलाइरहेको थियो ।’ 

घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *