चितवनमा ३५ करोडमा क्रुज शिप बन्दै, दशै अगाडी क्रुजिङ गर्न पाउने

 

साउन ४, चितवन । चितवनको नारायणी नदि किनार काप्रेघाट बगरमा रिभर क्रुज शिप निर्माण भईरहेको छ । चैत पहिलो सातादेखि राईनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिले क्रुज शिप निर्माण गरिरहेको हो । 

 प्रा.लिले शनिवार भरतपुरमा पत्रकार सम्मेलन गरि क्रुज निर्माण र सञ्चालनका बारे आधिकारीक धारणा सार्वजनिक गरेको हो । भरतपुर महानगरपालिका वडा नम्वर १६  स्थित ज्ञानेश्वर सामुदायिक वन क्षेत्रको काप्रेघाट बगरमा प्रा.लिले दशै अगाडी नै सञ्चालन गर्ने गरि क्रुजको निर्माण भईरहेको प्रा.लिका प्रवन्ध निर्देशक रामचन्द्र कडेंलले जानकारी दिए । 

null

 हालका लागि पर्यटकीय गतिविधी सञ्चालन गर्ने गरी क्रुज निर्माण गरिएको उनले बताए । अध्ययन गरेरै करिव २ सय जनाको क्षमता रहने गरि क्रुज निर्माणाधिन अवस्थामा रहेको कडेंलले बताए । क्रुजलाई तीन वटा सिफ्टमा सञ्चालन गर्ने योजना छ । विहान व्रेक फास्ट खाँदै नदिमा सयर गर्न सकिने, अपरान्ह खाना नै क्रुजमा खान मिल्ने र र साँझ डिनर क्रुज समेत हुने प्रवन्ध निर्देशक कडेंलको भनाई छ । 

 प्रत्येक क्रुजिङ ३ घण्टा अवधिको हुनेछ । काप्रेघाटबाट सुरु यात्रा देवघाट पुगेर गोलाघाट सम्म लैजाने गरि सञ्चालनको तयारी छ । यो क्रुज १०० फिट लम्वाई र २५ फिट चौडाईको हुनेछ । क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिदै निर्माण भएको प्रवन्ध निर्देशक कडेंल बताउँछन् । 

 नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा क्रुज निर्माण भईरहेको छ । निर्माण सम्पन्न हुँदा करिव ३५ करोड खर्च लाग्ने प्रवन्ध निर्देशक कडेंलले बताए । स्वदेशी तथा विदेशी पर्यटकलाई क्रुजिङ गराउने गरि काम अगाडी बढिरहेको र दशै अगाडी नै क्रुजिङ गर्न पाउने उनले बताए । क्रुजको निर्माण र सञ्चालनले सरकारले लिएको पर्यटन वर्षलाई थप टेवा पुग्ने प्रा.लिको विश्वास छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *