थानकोट जेसिजद्वारा बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

 

८ साउन काठमाडौं । थानकोट जेसिजले बिद्यार्थीहरूका लागि शैक्षिक सामग्री प्रदान गरेको छ । थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्य र नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष मोहन लाल डाँगीको नेतृत्वमा गएको टोलीले बिद्यार्थीहरूका लागि आबश्यक शैक्षिक सामाग्री प्रदान गरेको हो । थानकोट जेसिजले दहचोक खहरे स्थित नबदुर्गा आधारभुत बिद्यालयका बिद्यार्थीहरूलाई कपी, कलम, पानीको बोटल लगायत शैक्षिक सामग्री प्रदान गरेको थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले बताए । 

कार्यक्रम नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष मोहन लाल डाँगीले ग्रामीण स्तरका गरिव तथा जेहेन्दार बिद्यार्थीहरूका लागि थानकोट जेसिजले आवश्यक सामग्री हस्तान्तरण गर्न पाउँदा खुशी रहेको बताए । उनले बिद्यार्थीहरूको शैक्षिक बिकासका लागि सामग्री महत्वपूर्ण हुने चर्चा गरे । 

null

थानकोट जेसिजका महासचिव मनोज श्रेष्ठले यस्ता कार्यक्रमले बिद्यार्थीहरूको शैक्षिक बिकासमा ईट्टा थप्न मद्दत पुग्ने बिश्वास व्यक्त गरे । नबदुर्गा आधारभुत बिद्यालयका प्रधानाध्यापक अर्जुन कार्कीले थानकोट जेसिजले २९ जना बिद्यार्थीहरूलाई प्रदान गरिएको शैक्षिक सामाग्रीले बिद्यार्थीहरूमा पढाइ प्रति थप उर्जा मिल्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =