पाकिस्तानी नायक यी नायकले किन शाहरुख खानको मजाक उडाए ?

 

असार ३०, भारत ।  शाहरुख खानले डिजनीको फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा मुसाफालाई आफ्नो आवाज दिएका छन् भने सिम्बालाई उनका छोरा आर्यनले आवाज दिएका छन् । 

शाहरुखले यसको एउटा भिडियो ट्वीटरमा सेयर गरेका छन् । यसमा पाकिस्तानका एक नायक शान शाहिदले जवाफ दिँदै उनको मजाक उडाएका छन् । 

null

शान शाहिदले गरे ट्वीटः 

शान शाहिदले ट्वीट गरेका छन्, ‘कृपया एउटा आइकोनिक फिल्मलाई हिन्दी डब गरेर बर्बाद नगर्नुहोस् । शाहरुख र अरु कुनै भोइस ओभर आर्टिस्टको आवाजमा कुनै फरक छैन । कम्तिमा एउटा सिंहको आवाजका लागि त एक्सप्रेसन बदल्नु पर्दथ्यो ।’ 

 

प्रशंसकले गरे शाहिदको ट्रोलः 

शाहिदको ट्वीटपछि शाहरुखका प्रशंसकले उनलाई मज्जाले ट्रोल गरेका छन् । एक प्रशंसकले लेखेका छन्, ‘सर, सुरुमा यो थाहा पाउनुस् कि यो शाहरुखको स्वर होइन । दोस्रो यो बुझ्नुहोस् कि तपाईंलाई कसैले पनि हिन्दी संस्करण हेर्न बाध्य बनाएको छैन ।’ एजेन्सी 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *