यसरी केकीले देखाइन् अपरिपक्वताको लक्षण

काठमाडौंं, १५ साउन । केही समयअघि नायिका केकी अधिकारीले गरेको एउटा फेसबुक पोस्ट भाइरल भयो । ‘उनी रोइन’ शीर्षकमा लेखिएको उनको लामो स्टाटसले राम्रो प्रशंसा पायो । घरेलु हिंसालाई केन्द्रमा राखेर लेखेको स्टाटसको अन्त्यमा केकीले लेखेकी थिइन्, ‘तपाईं हामीबीच भएका सबै ‘उनी’हरुलाई घरेलु हिंसाविरुद्ध बोल्ने साहस मिलोस् । साहसी सबैलाई न्याय मिलोस् ।’ 

उनको यो स्टाटस छवि–शिल्पा काण्डप्रति लक्षित थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । महिलाको पक्षमा केकीले उठाएका आवाजले राम्रो समर्थन पाइरहेको थियो । महिला हिंसामाथि उनको बोली उँचो थियो । तर, उनै केकीले एउटा गीत फेसबुकमा सेयर गरिन् । जुन गीतले महिलालाई मजाक बनाएको छ ।गीतको बोल नै छ, ‘घाँटीभन्दा तल त राम्री छे ।’ आर्जन पाण्डेले गाएको यो गीतमा मोडलिङ रिमा विश्वकर्माले गरेकी छिन् । केकीले गीतलाई बधाइ दिँदै गीतको लिंक सेयर गरेकी छिन् । महिलाको विषयमा बोल्दै आएकी केकीले महिलालाई नै उडाएको गीत सेयर गर्नुलाई धेरैले उनको अपरिपक्वता मानेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *