दुई प्रहरी नायव निरीक्षक घुससहित पक्राउ

 

साउन ९, काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशाला, काठमाडौंका प्रहरी नायव निरीक्षक घुससहित पक्राउ परेका छन् । 

विशेष सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकारलाई घुससहित नियन्त्रणमा लिएको हो । 

null

पाण्डे र स्वर्णकारले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनि सेवाग्राहीसँग १८ हजार घुस लिएको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो । 

काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा.लि. र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट उक्त रकम सहित बुधबार नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =