चार दिन देखी बेपत्ता भएका इञ्जिनियर रावत फेला

 

श्रवण १, सिमकोट । चार देखी सर्म्पक बिहिन एक ईन्जिनियर ढुंङ्गामा बसी रहेको अवस्थामा फेला परेका छन् । चार दिन देखी सम्पर्क बिहिन भएका इञ्जिनियर बसन्त रावत फेला परेका हुन् । 

कार्यालयको कामका सिलसिलामा सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा रहेको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा रहेका इञ्जिनियर रावत आइतबार बिहान आफू बसेको होटमा एक कप चिया पिएर निस्किए पछि बेपत्ता भएका थिए । 

null

सम्पर्क बिहिन भनिएका रावतलाई  उनकाे खोजीमा खटिएको टोलीले अदानचुली गाउँपालिका वडा नम्बर ३ को पाल्स गाउँको मेल्चौरमा ढुङ्गामा बसेको अबस्थामा फेला पारेका थिए । 

धेरै दिन सम्म खाना नखाएर कमजोर देखिएका रावतको स्वास्थ्य परिक्षण गर्दा स्वास्थ्य अवस्था भने सामान्य भएको बताईएको छ । 

रावतले आफू एक्कासी सम्पर्क बिहिन हुनुको कारण भने खुलाउन चाहेका छैनन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *