सय वर्षीय वृद्ध र १ सय २ वर्षीय वृद्धाबीच प्रेम विवाह

 

भनिन्छ प्रेमको कुनै उमेर हुँदैन । तपाईं जवान हुँदा होस् वा बुढ्यौली भइसक्दा होस्, प्रेमको अनुभूती गर्न पाउनु निकै भाग्यको कुरा हो । यो कुरा अमेरिकाका एक जोडीले प्रमाणित गरिदिएका छन्, त्यो पनि सय वर्षको उमेरमा । 

अमेरिकाको ओहियोस्थित सय वर्षका जोन र १ सय २ वर्षकी फिलिस कुकले विवाह गरेका छन् । दुबै पछिल्लो एक वर्षदेखि एक–अर्कालाई डेट गरिरहेका थिए । 

null

दुबैको भेट गत वर्ष किंग्सटन रेसिडेन्स नामको वृद्धाश्रममा भएको थियो । त्यसपछि उनीहरुको दोस्ती समयसँगै प्रेममा परिणत भयो । उनीहरु एक–अर्कालाई डेट गर्न थाले र गत बुधबार उनीहरुले विवाह गरेका छन् । 

जोनले आफ्नो विवाहबारे भनेका छन्, ‘यो हाम्रो योजनामा थिएन । तर हाम्रो यहाँ भेट भयो । यहाँ विवाह होला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ 

जोनले दोस्रो विश्वयुद्ध लडेका थिए । उनी भर्खरै सय वर्ष पुगेका हुन् । अगस्ट ८ मा फिलिस १ सय ३ वर्ष पुग्नेछिन् । उनकी आमा १ सय ६ वर्ष बाँचेकी थिइन् । करिब १० वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो । यस्तै, फिलिसका श्रीमानको १५ वर्षअघि निधन भएको थियो । श्रीमानको निधनपछि नै उनी वृद्धाश्रममा बस्न थालिन् । 

त्यही वृद्धाश्रममा गत वर्ष जोन पनि आएपछि आफूहरु प्रेममा परेको फिलिसले बताइन् । 

‘तपाईंलाई नढाँटी भन्ने हो भने हामी एक–अर्काको प्रेममा पर्यौं । यो उमेरमा यस्तो भन्दा तपाईंलाई पनि अचम्म लाग्यो होला तर हामी साँच्चै नै प्रेममा थियौं,’ फिलिसले भनिन् । 

‘हामीबीच धेरै कुरा मिल्छ, हामी एक–अर्काको साथमा रमाउँछौं,’ जोनले भने । 

यो नवविवाहित जोडीले राम्रो सम्बन्धको कडी के हो भन्ने प्रश्नमा उत्तर दिए, ‘एक–अर्काप्रतिको सम्मानले नै सम्बन्धलाई दिगो बनाउँछ ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *