एक अर्काकाे रगत पिउँने अचम्मकाे जाेडी

 

असार २१। दुनियामा प्रेमी जोडीहरुले गरेका माया, त्याग लगाएतका कारणले चर्चित रहेका हुन्छन् । तर इटालीमा यस्तो एउटा जोडि छ जो उनिहरुले गरेको प्रेम तथा त्याग बाट नभई उनिहरुले गरेको ब्यवहारबाट चर्चित रहेका छन् । जुन कुरा एकदमै अनौठो रहेको छ । 

डेनिस नामका ती युवक र इलारिया नामकी युवतीले एक अर्काको रगत पिउने गर्छन् । द मिररका अनुसार करीब पाँच वर्ष पहिले डेनिस नामका ती युवकलाई सर्कसका लागि एकजना सहायक चाहिएको थियो । त्यहीँ क्रममा उनको इलारिया नामकी युवतीसँग चिनाजानी भयो । र पछि उनिहरु प्रेम सम्बन्धमा रहेर संगै बस्दै आएका छन् । 

null

जर्मनीमा एकपटक भूतको कथामा आधारित एक शो हेरेसँगै उनीहरुले एक अर्काको रगत पिउन सुरु गरेका हुन् । उक्त शोमा प्रेम प्रेमिकाले एक अर्काको रगत पिउँदथे । 

त्यसयता उनीहरुले निरन्तर एक अर्काको रगत पिउँदै आएका छन् । उनीहरुले एकअर्काको रगत खादाँ माया अझै बढ्ने तथा दुवैको व्यवहारमा पनि समानता ल्याउँने विश्वास लिदै आएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *