खुट्टाले बनाईएको सलमान खानको पेन्टिङ्ग यस्तो छ

  

श्रवण १, भारत ।  बलिउड स्टार सलमान खानका लाखौं प्रशंसक छन् । उनका हज्जारौं प्रशंसक उनको एउटा झलक पाउनका लागि हरेक समय उनको घरबाहिर कुरिरहेका हुन्छन् । सलमान खानकी एक विशेष रुपमा सक्षम प्रशंसकले उनको सुन्दर तस्बिर बनाएका छन् । 

सलमान खानले जुलाई १६ अबेर राती आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गरे जसमा उनको एक प्रशंसकले खुट्टाले सलमान खानको तस्बिर बनाइरहेकी छिन् । 

null

भुइँमा बसिरहेकी ती प्रशंसकले मोबाइलमा सलमान खानको फोटो खोलेर राखेकी छिन् र त्यो हेरेर उनी पेन्टिङ बनाइरहेकी छिन् । 

सलमान खानले भिडियो सेयर गर्दै लेखेका छन्, ‘भगवानले तिमीलाई खुसी राखुन् । यो प्रेमको बदलामा के दिन सक्छु र । तपाईंलाई धेरै आशिर्वाद र प्रेम । ’ 

सलमान खानले यो भिडियो सेयर गरेलगत्तै उनले फलोअर्सले तुरुन्त यसलाई लाइक गर्न सुरु गरे । केही घण्टाभित्रै यो भिडियो सोसल मिडियामा भाइरल भयो । 

सलमान खान आजकाल दबंग थ्रीको सुटिङमा व्यस्त छन् । यो फिल्मको सुटिङ लगभग पूरा भइसकेको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *