पत्रकारलाई विश्वास गर्छु, तर युट्युबरहरू पत्रकार होइनन्

काठमाडौं, १२ साउन । अभिनेत्री स्वस्तिमा खड्का फिल्म हजार जुनीसम्मको ट्रेलर रिलिज कार्यक्रममा आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परिन् । उनले पारिश्रमिकका विषयमा दिएको अभिव्यक्ति नायिका पूजा शर्मासँग जोडिएर समाचार बने । यसै सेरोफेरोमा रहेर नयाँ पत्रिकाकर्मी नवीन प्यासीसँग उनले अनुभव साटेकी छन् । प्रस्तुत छ केही कुरा : 

हजार जुनीसम्मको फिल्मको ट्रेलर रिलिज प्रोग्राममा तपाईंले दिएको अभिव्यक्ति नायिका पूजा शर्मासँग तुलना गरेर आए नि ?मैले भनेको कुराप्रति म विश्वस्त छु । मलाई नायिका पूजा शर्माले यति पारिश्रमिक लिएको भन्ने थाहा थिएन । म घर आएपछि युट्युबमा पूजा शर्मासँग जोडिएको समाचार देखेँ । पूजाले २० लाख लिएको पनि मलाई थाहा थिएन । तर मेरो अभिव्यक्ति लगानीसँग जोडिएको थियो । मैले व्यक्त गरेको विचारप्रति मलाई पछुतो छैन । मलाई चित्त नबुझेको कुराचाहिँ युट्युबरहरू एउटा क्यामेरा र माइब बोकेर कसले के भन्छ र कन्ट्रोभर्सियल कुरा गर्छ भनेर पर्खेर बसेका हुन्छन् । म उहाँहरूलाई पत्रकार भन्दिनँ ।पत्रकारिताप्रति तपाईंको धारणा के हो ?पत्रकारलाई विश्वास गर्छु, तर युट्युबरलाई गर्दिनँ । दुई वर्षदेखि उहाँहरूप्रति विश्वास छैन । युट्युबरहरू पत्रकार होइनन् । उनीहरूले पत्रकारिताको संस्कृति बिगारिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *